प्राङ्गारिक मलले बजार पाएन, किसान भने रासायनिक मलको खोजीमा

९ असोज, काठमाडौँ ।
झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो ।

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन ।

Advertisement

बजार अभाव हुँदा नत उत्पादित मल विक्रि भएको छ न बायोग्यास नै विक्रि गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गिकरण गरि नछुट्याएका कारण फोहोर नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए ।

Advertisement

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अग्र्यानिक मल उत्पादन गर्दै आइरहेको छ । दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ । अग्र्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेति गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन् । कास्कीमा अहिले ३ वटा प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन् । गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पुर्ण प्राङग्रारिक गाउँ बनाउने लक्ष्य लिएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top