सोलुखूम्बु, बैशाख २४ ःसोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका –४ स्थित लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ ।
सगरमाथा आरोहणका क्रममा लेक लागेर विरामी परेका बर्ष ४२ को कुगा टाकाहिरोको उपचारका लागी पासाङल्हामु निकोल निकिल अस्पताल लुक्ला ल्याउने क्रममा आइतबार अपरान्ह ३ बेज मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
टाकाहिरो सगरमाथा आरोहणका लागी यही बैशाख–१४ गते काठमाण्डौस्थित नेपाल एक्प्लोरेसन प्रा.लि. मार्फत नेपाल आएका थिए ।