Nepal Times
Nepal Times
3
Shares

गोरुगाढाबाट लडेर मृत्यु

गोरुगाढाबाट लडेर मृत्यु

उदयपुर, बैशाख २४ ःउदयपुरको बेलका नगरपलिका–२ करैयामा गोरुगाढाबाट लडेर एक जनाको ज्यान गएको छ ।

गोरु गाढाबाट खस्दा छातीमा चोट लागेका सोही ठाउँ बस्ने ६५ वर्षीय बेचन चौधरीको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको प्रहरी चौकी भागलपुरले जनाएको छ ।

जंगलबाट दाउरा लिएर घरतर्फ फर्कदै गर्दा अचानक गोरु गाढाबाट खस्दा चौधरीलाई छातीमा चोट लागेर घाइते भएका थिए ।

मृतकको शव कानूनी प्रकृया पुरा गरी आफन्तको जिम्मा लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.