धनकुटा, बैशाख २४ःधनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव आइतबार फेला परेको छ ।
एक साता अघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका ६ बस्ने चन्द्र सिंह राईको १४ बर्षका छोरा राम कुमार राईको शव आईतबार फेला परेको हाे।
आइतबार साँझ ५ बजेतिर साँगुगढी गाउँपालिका ४ मा बालकको शव खोलामा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।
सुनकोशी नदीले बगाएर तीन बेपत्ता
खोटाङको वराहपोखरी गाउँपालिका–२ धाप्लाङ स्थित सुनकोशी नदीले बगाएर तीन बाल–बालिका बेपत्ता भएका छन् ।
बाख्रा चराउन गएका उनीहरु नदीमा पौडी खेल्नेक्रममा नदीले बगाएको हुन सक्ने स्थानीयले प्रहरीलाई बताए । बेपत्ता बाल–बालिकाहरुको प्रहरी र स्थानीयबाट खोजी कार्य भई रहेको छ ।