नदीमा डुबेर बेपत्ता बालकको शव फेला

२३ बैशाख ७५, सोमबार

धनकुटा, बैशाख २४ःधनकुटाको सांगुरीगढी गाउँपालिका ३ कुशेटार स्थित तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव आइतबार फेला परेको छ ।

Advertisement

एक साता अघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका ६ बस्ने चन्द्र सिंह राईको १४ बर्षका छोरा राम कुमार राईको शव आईतबार फेला परेको हाे।

आइतबार साँझ ५ बजेतिर साँगुगढी गाउँपालिका ४ मा बालकको शव खोलामा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।

Advertisement

सुनकोशी नदीले बगाएर तीन बेपत्ता
खोटाङको वराहपोखरी गाउँपालिका–२ धाप्लाङ स्थित सुनकोशी नदीले बगाएर तीन बाल–बालिका बेपत्ता भएका छन् ।

नदी किनारमा बाख्रा चराउन गएका स्थानीय १२ वर्षका सुबन श्रेष्ठ, १० बर्षका सबिन माझी र ११ वर्षकी अनिता माझीलाई खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर आइतबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय चिसापानीमा प्राप्त भएको हो।

Advertisement

बाख्रा चराउन गएका उनीहरु नदीमा पौडी खेल्नेक्रममा नदीले बगाएको हुन सक्ने स्थानीयले प्रहरीलाई बताए । बेपत्ता बाल–बालिकाहरुको प्रहरी र स्थानीयबाट खोजी कार्य भई रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top