पर्यटक नआएपछि लुम्बिनीका होटल फेरि बन्द

९ असोज ७७, शनिबार

१० आश्विन, भैरहवा ।
लामो बन्दाबन्दीपछि असोज लागेसँगै खुलेका लुम्बिनी क्षेत्रका होटल पर्यटक नआएपछि फेरि बन्द गरिएका छन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिर खुला नभएको र लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य दुवै पर्यटक नआएको भन्दै व्यवसायीले होटल बन्द गरेका हुन् । लुम्बिनी क्षेत्रमा रहेको होटल पवनका सञ्चालक पवन हलुवाईले बाह्य पर्यटक नआउने भएपछि होटल फेरि बन्द गरिएको बताए ।

एक-दुई दिन खोलियो तर पर्यटक आएनन्, फेरि बन्द गर्नुपरेको छ, उनले भने । विशेष गरी लुम्बिनी घुम्न आउने ८० प्रतिशतभन्दा बढी पर्यटक नेपाल–भारत नाकाबाटै आउने गर्छन् । उनीहरू नआएपछि होटल बन्द गर्नुको विकल्प रहेन, हलुवाईले भने।

Advertisement

नगन्य रूपमा आन्तरिक पर्यटक आउने भए पनि होटल सञ्चालनमा ल्याउँदा आम्दानीभन्दा खर्च बढी हुने गरेकाले बन्द गरेर राखिएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान ठप्प हुनु, अन्य देशसँगका सीमा नाका बन्द हुनुलगायतका कारण पर्यटकको आगमन नहुँदा होटल सञ्चालनको अनुमति प्राप्त भए पनि कारोबार ठप्प रहेको होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य तथा भैरहवामा सञ्चालित होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए ।

अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन सुरु गरिएको व्यवसायीले बताउने गरेका छन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले साना होटल तथा रेस्टुरेन्ट सञ्चालन भए पनि ठूला र पर्यटकीय होटल भने बन्द रहेको बताए ।

Advertisement

नेपाल होटल व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले कोरोना महामारीका कारण ३५ प्रतिशतभन्दा बढी होटल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए।(गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top