डा. केसीको समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

१० असोज ७७, शनिबार

१० आश्विन, काठमाडौं ।
स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा मध्याह्न भेला भएर प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डा. गोविन्द केसीको समर्थनमा युवाहहरू हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा, दूरदराजमा मेडिकल शिक्षा खै ? लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top