×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

२४ बैशाख २०७५

म्याग्दी, २४ वैशाख ः शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् ।

पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् ।

Advertisement
Advertisement

नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, चौरासी पूजा, व्रतबन्ध, छेवरलगायतका शुभ कार्यमा बजाइने नौमती बाजालाई संरक्षण गर्दै व्यावसायिक बनाउने उद्देश्यले पोखरामा बसोबास गर्ने म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका बासिन्दाले फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूह नै बनाएका छन् ।

विसं २०६१ मा गठन भएको यस समूहले नयाँ पुस्ताका युवा युवतीलाई नौमती बाजा बजाउन सिकाएर दर्जन बढी नयाँ बाजा समूह नै उत्पादन गरिसकेको फेवा वातावरण तथा लोकसंस्कृति नौमती बाजा समूहका अध्यक्ष डम्बरबहादुर पुर्जाले बताए ।

“एउटै समूहमा महिला र पुरुष दुवैले नौमती बाजा बजाउनु हाम्रो प्रमुख विशेषता हो, हामीले यस समूहमार्फत कला संस्कृतिको संरक्षण र नयाँपनसँगै रोजगारी पनि सिर्जना गरेका छौँ” – अध्यक्ष पुर्जाले भने । यस समूहमा अहिले ३० जना बढी आबद्ध छन् । त्यसमध्ये करीब आधा महिला मात्रै छन् । महिलाले बाजा बजाउनुको साथै नौमती बाजामा दोहोरी गाउने र नृत्यसमेत देखाउने गरेको समूहकी सदस्य प्रिती पुनले बताइन् ।

महिलाले नै बाजा बजाउने, दोहोरी गाउने र नृत्यसमेत देखाउने भएकाले पोखरा क्षेत्रमा यस समूहको लोकप्रियता बढेको समूहका बाधक तिलक फगामीको भनाइ छ । विवाहको लगन र पूजाआजा हुने समयमा दुई बढी समूह बनाएर नौमती बाजा बजाउने गरिएको छ । बाजा बजाएर आउने आम्दानीबाट समूहमा आबद्ध भएका बाधक र कलाकारलाई पारिश्रमिक दिने गरिएको छ ।

यस समूहले आफ्नो आम्दानीबाट केही रकम बचत गरी सामाजिक उत्थानको लागि कोष खडा गर्नुको साथै नौमती बाजाका सामग्रीसमेत खरिद गर्ने गरेको समूहकी सदस्य टिकमती पुनले बताइन्। पोखरामा रहेका म्याग्देलीले मात्रै होइन म्याग्दीकै विभिन्न ठाउँमा समेत विशेष गरी मगर समुदायमा महिलाले समेत नौमती बाजा बजाउने गरेका छन् ।

Advertisement
Advertisement

म्याग्दीबाट कावासेती, चितवनलगायतका क्षेत्रमा पुगेका जनजाति समुदायले समेत महिला र पुरुष दुवैलाई समावेश गरी नौमती बाजा बजाउने गरेका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top