Nepal Times
Nepal Times
3
Shares

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

म्यानचेस्टर सिटीले उपाधि उचाल्यो

बैशाख २४– इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि उचालेको छ ।

लिग उपाधि जित्ने यसअघिनै पक्का भएको सिटीले घरेलु मैदानमा ट्रफी उठाएको हो ।

हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरी खेल्दै सिटीले उपाधिको खुसी बाँडेको थियो । ३६ खेलमा ९४ अंक जोडेको पेप गुआर्डीओलाको टोलीले प्रिमियर लिगमा नयाँ इतिहास रच्न भने अर्को खेल पर्खनुपर्ने भएको छ । च्याम्पियन भएपनि गोलरहित बराबरीमा रोकिएका कारण आइतबार सिटीले नयाँ कीर्तिमान बनाउन सकेन ।

सिटीले अब बाँकी रहेका दुई खेलमा एक जित हात पारे प्रिमियर लिगमा सर्वाधिक अंक बटुल्ने कीर्तिमान आफ्नो नाम गर्नेछ । यसबाहेक सर्वाधिक गोल गर्ने इतिहास रच्न मौका पनि सिटीसामु रहेको छ । सिटीले आउँदो दुवै खेल तुलनात्मक रूपमा धेरै कमजोर टोलीसँग खेल्ने हुनाले नयाँ कीर्तिमान कायम हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.