चाँगुनारायणमा कोरोनाबाट एकजनाको मृत्यु

१० असोज ७७, आइतबार

११ आश्विन, भक्तपुर ।
चाँगुनारायण नगरपालिका (चानपा)मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

Advertisement

काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराई रहेका चानपा–२ झौखेलका ८८ वर्षीय पुरुषको शनिवार मृत्यु भएको हो। चानपामा कोरोनाबाट पहिलो मृत्यु भएको हो। चानपाका प्रमुख सोम प्रसाद मिश्रका अनुसार मृतक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो। जिल्लाको अन्य नगरपालिकाको तुलनामा कोरोना संक्रमण दर न्यून रहेको छ ।

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। यहाँका १८ पुरुष र ७ महिला गरी २५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ। जिल्लाका चार पालिका मध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ९ पुरुष र ४ महिला गरी १३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ।

Advertisement

मध्यपुर थिमिपछि भक्तपुरमा ५ पुरुष र एक महिला गरी ६ जना तथा सूर्यविनायक नपामा ३ जना पुरुष र २ जना महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। यसैबीच भक्तपुरका कोरोना संक्रमितको संख्या एक हजार ८१९ पुगेको छ। जसमध्ये महिला भक्तपुरमा शनिवार ६१ जना संक्रमित थपिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top