Nepal Times
Nepal Times
3
Shares

कोरोनाभाइरसः विश्वभर १० लाखबढी मानिसको मृत्यु, भारतमा मृत्यु दर बढेको बढै, अमेरिका–ब्राजिलमा उतारचढाव जारी

कोरोनाभाइरसः विश्वभर १० लाखबढी मानिसको मृत्यु, भारतमा मृत्यु दर बढेको बढै, अमेरिका–ब्राजिलमा उतारचढाव जारी

१२ आश्विन, विराटनगर ।
कोभिड–१९बाट विश्वभर १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शनिबार कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ। कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म दुई लाख नौ हजार ४५३ जनाको मृत्यु भइसकेको छ।

त्यसपछि ब्राजिलमा एक लाख ४१ हजार ७७६ र भारतमा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा भारतमा सबैभन्दा धेरै एक हजार ४० जनाको मृत्यु भएको छ। त्यसपछि मेक्सिकोमा ३९९, ब्राजिलमा ३३५ र अमेरिकामा २७६ जनाको मृत्यु भएको छ।

भारतमा १ सेप्टेम्बर यता हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। सेप्टेम्बरमा मात्र त्यहाँ ३२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिका र ब्राजिलमा भने मृत्युदर उतारचढाव भइरहेको छ। अहिले विश्वभर ७६ लाख ६५ हजार ४७९ जना कोरोनाका उपचाररत संक्रमित छन्।

तीमध्ये करीब एक प्रतिशत अर्थात ६५ हजार ३६७ जना गम्भीर छन्। हालसम्म विश्वका तीन करोड ३२ लाख ९७ हजार ५०३ जना कोरोना संक्रमित भइसकेका छन्। तीमध्ये दुई करोड ४६ लाख २९ हजार ८८७ जना निको भएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.