सरकारले भन्यो- कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्न सकिन्न

१२ असोज, काठमाडौँ ।
सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाएइको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था नरहेको बताए । उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे । उनले भने ‘‘कोरोना महामारी रोकिएको छैन । युरोपेली देशहरुमा दोस्रो वेव समेत सामना गर्नुपरेको छ । नेपालमा संक्रमण बढीरहेको छ । कुन विन्दुमा पुगेर ओरालो लाग्छ । नियन्त्रणमा जानछ भनेर अनुमान गर्न सकिने अवस्था छैन । जोखिम कम भएर होइन । जीवन र जीविकाको विचमा सन्तुलन मिलाउनुपर्ने आवश्यकताले केही सेवा क्षेत्र खुकुलो गरिएको हो । यो बेला सबैको उच्चस्तरको सतर्कता अपनाउन जरुरी छ । सबैको साथ र सहयोगको जरुरत रहेको छ ।’’

यस्तै सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उनले आग्रह गरेका हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top