×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

नेपाली खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

२४ बैशाख २०७५

काठमाडौँ, २४ वैशाख ः नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।

होटल एसोसिएशन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज काठमाडाैँमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने विदेशी पर्यटकलाई यहाँको मौलिक खानाको स्वाद दिनसके त्यसैको माध्यमबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement

विदेशस्थित कूटनीतिक नियोग र गैरअवासीय नेपाली संघहरुमार्फत पनि नेपाली खानालाई प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ ।

मन्त्री अधिकारीले बुद्ध परिपथ र रामायण परिपथको प्रवद्र्धनका लागि हवाइ सेवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणपछि यसमा अझ ठोस निर्णय हुने जानकारी दिए।

उनले दुई वर्षभित्र पर्यटकीय पूर्वाधारका क्षेत्रमा मुलुकले ठूलो फड्को मार्नसक्ने विश्वास व्यक्त गर्दै उनले निजी क्षेत्रको साझेदारीबिना पर्यटनको विकास असम्भव भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ भने ।

देशभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रुपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवद्र्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको छ ।

छनोटमा परेका नेपाली रैथाने खानाहरुको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ ।

वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले खानाको माध्यमबाट नेपाललाई अन्तराष्टिय जगतमा पु¥याउन सकिने भएकाले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले आयोजना गर्ने भोजमा नेपाली खाना समावेश गर्नुपर्ने, देशका पाँचतारे होटलमा अनिवार्य नेपाली रेस्टुरेन्ट र तीन तथा चारतारे होटलमा नेपाली खानाको मेनु राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले विश्व पर्यटन बजारमा पकवान पर्यटनको विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रीतिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान शुरु गरिएको स्पष्ट गरे।

सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र पनि नेपाली खानालाई विश्व जगतमा पु¥याउन आवश्यक भएकोमा जोड दिए।

सोही कार्यक्रममा आमन्त्रित विभिन्न राष्ट्रका राजदूत एवं विशिष्ट पाहुनाहरुलाई कुक बुक तथा भिडियोमा समावेश भएका नेपाली रैथाने खाना खुवाएर स्वागत सत्कार गरिएको थियो ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुले सञ्चालन गरिआएका तथा भविष्यमा सुरु गर्ने नेपाली खाना पस्कने रेस्टुरेन्टहरुले प्रत्यक्ष फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

रासस

Advertisement

 

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top