दुई हजार ३०० भन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

१३ असोज ७७, बुधबार

१४ असाेज, बाकु।

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ ।

साथै १३० वटा ट्याँक र अन्य बख्तरबन्द गाडी, २०० भन्दा बढी आर्टिलरी, क्षेप्यास्त्र र मोर्टार लन्चर, झण्डै २५ वटा हवाई प्रतिरक्षा प्रणाली, छ वटा कमान्ड पोस्ट, पाँच वटा हातहतियार भण्डार समेतका सैनिक बन्तोबस्तीका सामानमा क्षति पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको सङ्घर्षमा आफ्ना ३९ जनाभन्दा बढी लडाकू मारिएको बताएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिनदेखि भिषण सैनिक कारबाही शुरु गरेको छ ।

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो सङ्घर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।
पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर सङ्घर्ष हुँदै आएको छ । यस वर्षको शुरुमा र सन् २०१६ मा पनि लडाइँ भएको थियो ।
अजरबैजानको रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।”
आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

गत साता आइतबारदेखि लडाइँ शुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् । मुस्लिम–बहुल अजरबैजान र ईसाई–बहुल आर्मेनियाबीचको लडाईले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ ।

आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ । फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुबै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । आर्मेनिया र काराबाखले आइतबार सैनिक कानून र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला शहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको शुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यान समेत गएको थियो ।

दुबै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्तराज्य अमेरिकाले “मिन्स्क समूह” बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो बर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top