Nepal Times
Nepal Times
3
Shares

वामदेव गौतमको मुद्धा हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाई हुने

वामदेव गौतमको मुद्धा हेर्दाहेर्दैमा, शुक्रबार सुनुवाई हुने

१४ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदका सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई लम्बिएको छ । गौतमको मुद्दामा बहस नसकिएपछि शुक्रबारलाई पेसी तोकिएको सर्वोच्चले जानकारी दिएको छ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबार सम्मलाई सरेको हो ।

गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए। उक्त रिटमा असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। यसका साथै उनको इजलासले गम्भीर संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै संवैधानिक इजलासमा पठाउने उल्लेख गरेको थियो।

बुधबार निवेदकका तर्फवाट दिनेश त्रिपाठी, बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए।

निवेदनको बहस सकिएपनि सरकारी पक्ष र गौतम पक्षका कानुन व्यवसायीको बहस बाँकी भएकाले मुद्दा हेर्दाहेर्दै राखिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा गौतमको मुद्दा पेसी रहेको थियो। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.