१५ असोज, विराटनगर ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक जना सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वा लगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको हो ।
स्थायी ठेगाना बताउन नसक्ने उनी करिब एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले जानकारी गराएपछि उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
सडकबाट उद्धार गरी प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरि आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ ।
महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताए ।