×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कहाँ छ ३३ किलो सुन ? नखोतलिएको पाटो !

२५ बैशाख २०७५

हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ, कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्‍यो भन्ने खोतल्न सकेको छैन ।

विमानस्थलबाटै गायब पारिएको सुनको खोजी गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको विशेष छानबिन समितिले गरिरहेको छ त?

Advertisement
Advertisement

समितिले २८ प्रतिवादी र ३४ फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेस गरेपछि हराएको सुन पत्ता लगाउने अपेक्षा गरिएको थियो। स्रोतका अनुसार समितिले सुनको रहस्य सुल्झाउन प्रयत्न गरे पनि त्यसमा अपेक्षित सूचना भेट्न सकेको छैन।

समिति सुनको रहस्यभन्दा पहिला मुद्दा चलाइएका अभियुक्तहरूको बैंकिङ विवरणका अलावा सम्पत्ति विवरण खोतल्ने र त्यसका आधारमा अकुत सम्पत्ति आर्जनको मुद्दा चलाउने तयारीमा जुटेको छ।

समितिका एक सदस्यका अनुसार अकुत आर्जन र आर्थिक कारोबारको अध्ययनका लागि समितिले राष्ट्र बैंकसँग समन्वय अगाडि बढाएको छ। गैरकानुनी धनआर्जन र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने राष्ट्र बैंकअन्तर्गतको समितिका एक सदस्यले भने ३३ किलो सुन तस्करीसँग जोडिएको मुद्दामा गठित समितिले कुनै परामर्श नलिएको बताए। यसबारे राष्ट्र बैंककै उच्च अधिकारीसँग समन्वय गरेको भए आफूलाई थाहा नभएको ती सदस्यले बताए।

समिति स्रोतका अनुसार सुन तस्करीमा संलग्न भनिएकाहरूको बैंक खातामा ठूलो परिमाणको रकम देखिँदैन। केही सदस्यको बैंक खातामा विभिन्न व्यक्तिबाट थोरैथोरै परिमाणको रकम जम्मा भएको देखिए पनि त्यही मात्रै अकुत सम्पत्तिको दाबी पुष्टि गर्न पर्याप्त देखिँदैन।, यो खबर आजकोकान्तिपुरमा छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top