Nepal Times
Nepal Times
3
Shares

मोरङमा ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

१६ असोज, मोरङ ।
मोरङको मिक्लाजुङमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मिक्लाजुङ ४ बस्ने ७४ बर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

प्रदेश नं १—०१—००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिँडिरहेका राईलाई आज बिहान ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरी जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.