मोरङमा ट्याक्टरको ठक्करबाट वृद्धको मृत्यु

१५ असोज ७७, शुक्रबार

१६ असोज, मोरङ ।
मोरङको मिक्लाजुङमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मिक्लाजुङ ४ बस्ने ७४ बर्षीय डिकबहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

Advertisement

प्रदेश नं १—०१—००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिँडिरहेका राईलाई आज बिहान ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए । घाईते उनको अरनिको अस्पताल उर्लावारीमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरी जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top