शान्तिपुर मर्मत हुँदै

२४ बैशाख ७५, मंगलबार

काठमाडौँ, २५ वैशाख ः भूकम्पले क्षतिग्रस्त विश्व सम्पदास्थल स्वयम्भूस्थित शान्तिपुर मन्दिरको करीब ८० प्रतिशत जीर्णोद्धार सम्पन्न भएको छ ।

मन्दिरको जग वरपरको क्षेत्र बलियो बनाउनाका साथै चारैतर्फका पर्खाल मर्मत तथा जीर्णोद्धार गरिएको छ । विभिन्न माध्यमबाट आर्थिक स्रोत संकलन गरी करीब रु एक करोड खर्च भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण शान्तिपुर तथा र यसभित्र रहेको भित्तेचित्रमा अत्यधिक क्षति पुगेको थियो ।

काठमाडौँ उपत्यकामा अभ्यास गरिने बौद्ध परम्परासँग जोडिएको मन्दिरमा सबै धर्मावलम्बी पुग्ने गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरका अनुसार प्राचीनकालमा नागदेवतालाई प्रसन्न पारी वर्षा गराएर खडेरी भगाउनका लागि राजा प्रताप मल्ल मन्दिरभित्र प्रवेश गरेको इतिहास पाइन्छ । इस्वी संवत् १६५८ तिरको अभिलेखमा प्रताप मल्ल मन्दिरमा आउने जाने गरेकाबारे उल्लेख गरिएको पाइएको छ ।

Advertisement

मन्दिरको भित्रतिर चक्रसम्भव भनिने गुढ देवताको पूजा गरिन्छ । बाहिरी भागका भित्तामा काठमाडौँ उपत्यकाको उत्पत्तिको विषयमा लेखिएको बौद्ध साहित्य ‘स्वयम्भू पुराण’सम्बन्धी ज्ञान दिने चित्र बनाइएका छन् । ‘स्वयम्भू पुराण’ सर्वसुलभ नहुने र यसको सम्बन्ध काठमाडौँको शुरुआती सभ्यतासँग जोडिएकाले यसको चित्राङ्कन महत्वपूर्ण मानिन्छ । भित्तेचित्रको भत्किएको केही अंशलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा लगेर सुरक्षित गरिएको छ ।

पुरातत्व विभागका अनुसार भूकम्पले देशभर करीब एक हजार सम्पदामा क्षति पु¥याएको थियो । विभागका महानिर्देशक भेषनारायण दाहालले मुलुकभर क्षति पुगेकामध्ये मन्दिर तथा सम्पदास्थल, पाटीपौवा गरी करीब १०० सम्पदाको पुनःनिर्माण सम्पन्न गरिएको जानकारी दिए ।

करीब दुई वर्ष अगाडि सरकारले त्यस क्षेत्रका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारका लागि तामझामका साथ शुभारम्भ गरेको अनन्तपुर, प्रतापपुरलगायत सम्पदास्थलको जीर्णोद्धार सो अवधिमा हुन नसकेपछि विभागले बहुवर्षीय योजनामा राखेर गर्ने तयारी गरिरहेको छ । विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार करीब एक वर्ष अगाडि बढाइएको महासचिव महेन्द्ररत्न बज्राचार्यले जानकारी दिए। नयाँ प्रविधिको प्रयोग गरी मन्दिर मर्मतसम्भार गरिने महासमितिले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले अध्ययन गरिरहेको बताइएको छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका घर मर्मत, जीर्णोद्धार तथा पुनःनिर्माणमा पनि महासमितिले सहयोग उपलब्ध गराउँदै आएको छ । महासमितिले रकम अभावमा मर्मत तीव्र रुपमा अगाडि बढ्न नसकेको र विभाग तथा सरकारी निकायसँग समन्वयको अभाव देखिएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top