शान्तिपुर मर्मत हुँदै

२४ बैशाख ७५, मंगलबार

काठमाडौँ, २५ वैशाख ः भूकम्पले क्षतिग्रस्त विश्व सम्पदास्थल स्वयम्भूस्थित शान्तिपुर मन्दिरको करीब ८० प्रतिशत जीर्णोद्धार सम्पन्न भएको छ ।

मन्दिरको जग वरपरको क्षेत्र बलियो बनाउनाका साथै चारैतर्फका पर्खाल मर्मत तथा जीर्णोद्धार गरिएको छ । विभिन्न माध्यमबाट आर्थिक स्रोत संकलन गरी करीब रु एक करोड खर्च भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण शान्तिपुर तथा र यसभित्र रहेको भित्तेचित्रमा अत्यधिक क्षति पुगेको थियो ।

काठमाडौँ उपत्यकामा अभ्यास गरिने बौद्ध परम्परासँग जोडिएको मन्दिरमा सबै धर्मावलम्बी पुग्ने गरेका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरका अनुसार प्राचीनकालमा नागदेवतालाई प्रसन्न पारी वर्षा गराएर खडेरी भगाउनका लागि राजा प्रताप मल्ल मन्दिरभित्र प्रवेश गरेको इतिहास पाइन्छ । इस्वी संवत् १६५८ तिरको अभिलेखमा प्रताप मल्ल मन्दिरमा आउने जाने गरेकाबारे उल्लेख गरिएको पाइएको छ ।

Advertisement

मन्दिरको भित्रतिर चक्रसम्भव भनिने गुढ देवताको पूजा गरिन्छ । बाहिरी भागका भित्तामा काठमाडौँ उपत्यकाको उत्पत्तिको विषयमा लेखिएको बौद्ध साहित्य ‘स्वयम्भू पुराण’सम्बन्धी ज्ञान दिने चित्र बनाइएका छन् । ‘स्वयम्भू पुराण’ सर्वसुलभ नहुने र यसको सम्बन्ध काठमाडौँको शुरुआती सभ्यतासँग जोडिएकाले यसको चित्राङ्कन महत्वपूर्ण मानिन्छ । भित्तेचित्रको भत्किएको केही अंशलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा लगेर सुरक्षित गरिएको छ ।

पुरातत्व विभागका अनुसार भूकम्पले देशभर करीब एक हजार सम्पदामा क्षति पु¥याएको थियो । विभागका महानिर्देशक भेषनारायण दाहालले मुलुकभर क्षति पुगेकामध्ये मन्दिर तथा सम्पदास्थल, पाटीपौवा गरी करीब १०० सम्पदाको पुनःनिर्माण सम्पन्न गरिएको जानकारी दिए ।

Advertisement

करीब दुई वर्ष अगाडि सरकारले त्यस क्षेत्रका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारका लागि तामझामका साथ शुभारम्भ गरेको अनन्तपुर, प्रतापपुरलगायत सम्पदास्थलको जीर्णोद्धार सो अवधिमा हुन नसकेपछि विभागले बहुवर्षीय योजनामा राखेर गर्ने तयारी गरिरहेको छ । विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्धार करीब एक वर्ष अगाडि बढाइएको महासचिव महेन्द्ररत्न बज्राचार्यले जानकारी दिए। नयाँ प्रविधिको प्रयोग गरी मन्दिर मर्मतसम्भार गरिने महासमितिले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले अध्ययन गरिरहेको बताइएको छ । महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका घर मर्मत, जीर्णोद्धार तथा पुनःनिर्माणमा पनि महासमितिले सहयोग उपलब्ध गराउँदै आएको छ । महासमितिले रकम अभावमा मर्मत तीव्र रुपमा अगाडि बढ्न नसकेको र विभाग तथा सरकारी निकायसँग समन्वयको अभाव देखिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top