१६ असाेज, भरतपुर।
चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भँगालाेमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।
गैँडा एक÷दुई महिनाअघि कालगतिले मरेकाे हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टमपछि मात्र अन्य कुरा थाहा हुने उनले बताए ।
गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।रासस