×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

आईपीएल : कोलकातालाई १८ रनले हराउँदै दिल्ली शीर्षस्थानमा उक्लियो

१८ आश्विन २०७७

१८ असोज, एजेन्सी ।
कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती शारजाहमा सम्पन्न आईपीएलको १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रन मात्र बनाउन सक्योे । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिएको थियो । तर अलराउन्डर मार्कस स्टोइनिसले एक विकेट सहित मात्र ७ रन खर्चिदै दिल्लीको जित पक्का गराए । कोलकातालाई अन्तिम २४ बलमा ७८ रन आवश्यक परेको थियो । १७ औं ओभरमा मार्कस स्टोइनिसले तीन छक्का र एक चौका सहित कुल २४ रन खर्चेपछि खेल रोमान्चक बन्न पुगेको थियो ।

Advertisement
Advertisement

१८ औं ओभरमा कागिसो रबाडाले तीन छक्का र एक चौका सहित कुल २३ रन खर्चेपछि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । तर १९ औं ओभरमा एनरिच नोर्टजेले एक प्रमुख विकेट सहित मात्र ४ रन खर्चेपछि दिल्लीले जित हात पारेको हो । १९ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओईन मोर्गन शिम्रन हेटमायरबाट ४४ रनमा क्याच आउट भएपछि नतिजा दिल्लीको पक्षतर्फ गएको थियो । मोर्गनले १८ बलमा ५ छक्का र १ चौका प्रहार गरे ।

कोलकातालाई अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । अन्तिम ओभरको पहिलो बलमा मार्कस स्टोइनिसलाई राहुल त्रिपाठ्ठीले चौका प्रहार गरे । तर दोस्रो बलमा उत्कृष्ट योर्कर सहित त्रिपाठ्ठीलाई ३६ रनमा बोल्ड आउट गरेपछि दिल्ली जिततर्फ अघि बढेको थियो । त्रिपाठ्ठीले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तेस्रो र चौथौ बलमा एक एक रन दिए । पाँचौ बल डट राख्दा अन्तिम बलमा लेग वाईका रुपमा एक रन दिदै जित पक्का गराए ।

दोस्रो ओभरको दोस्रो बलमा एनरिच नोर्टजे सुनिल नारायणलाई ३ रनमा बोेल्ड आउट गरे । अमित मिश्राले नवौं ओभरको पहिलो बलमा अर्का ओपनर सुभमन गिललाई २८ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट गराए । गिलले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । दशौैं ओभरको पाँचौ बलमा आन्द्रे रसेल १३ रनमा क्याच आउट भएपछि कोलकाताको सम्भावना कठिन बनेको थियो । रसेल कागिसो रबाडाको बलमा नोर्टजेबाट ८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
१३ औं ओभरको चौथो बलमा हर्षल पटेलले अर्ध शतक बनाएका नितेश राणालाई ५८ रनमा वैकिल्पिक फिल्डर अक्षर पटेलबाट क्याच गराए । राणाले ३५ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे । लगतै अर्को बलमा दिनेश कात्तिक शिखर धवनबाट ६ रनमा क्याच आउट भए । हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । रबाडाले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । अमित मिश्रा र मार्कस स्टोइनसिको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । दिल्लीले आन्द्रे रसेलको अन्तिम ओभरमा मात्र ७ रन जोड्न सकेपछि आफ्नो आइपिएल इतिहासकै सर्वाधिक ठूलो इनिङ बनाउन चुकेको थियो ।

यो दिल्लीको सर्वाधिक दोस्रो ठूलो इनिङ हो । जारी प्रतियोगिताको सर्वाधिक ठूलो योगफल हो । दिल्लीले आइपिएल इतिहासमा बनाएको सर्वाधिक ठूलो योगफल २ सय ३१ रन छ । सन् २०११ मा किंग्स इलेभेन पन्जाबबिरुद्ध दिल्लीले ४ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो ।

कप्तान श्रेयस ऐरले सर्वोत्कृष्ट ब्याटिङ गरे । ऐर ३८ बलमा ७ चौका र ६ छक्का सहित ८८ रनमा अविजित रहे । ऋषभ पन्त १७ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा क्याच आउट हुन पुगे । आन्द्रे रसेलको १८ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा शिवम माभीबाट क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि पन्त र ऐरले ७२ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

शारजाहको छोटो बाउन्ड्रीको दिल्लीका ओपनरले सुरुवात देखिनै फाइदा उठाउँदै आक्रामक ब्याटिङका साथ चौका र छक्का प्रहार गरेका थिए । पहिलो विकेटका लागि ओपनर शिखर धवन र पृथ्वी शा ले ५।५ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर वरुण चक्रबर्तीको बलमा ठूलो सट खेलेका धवन स्क्विायर लेगमा २६ रनमा ओईन मोर्गनबाट क्याच आउट हुन पुगे । १६ बलमा २ चौका र धवनले २ छक्का प्रहार गरे ।

१३ औं ओभरको चौथो बलमा शा ६६ रनमा क्याच आउट हुन पुगे । कमलेश नगरकोटीको बलमा सुभमन लिगले क्याच लिदै शा लाई ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि शा र ऐरले ७३ रनको साझेदारी गरेका थिए । मार्कस स्टोइनिस १ रनमा आउट भए । शिम्रन हेटमायर ७ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा ४९ रन खर्चिदा विकेटविहिन बने । बरुणचक्रबर्तीले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट थिए । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले ३ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

Advertisement
Advertisement

दिल्लीले पाँचौ खेलमा दिल्ली बेंगलोरसँग सोमबार दुबईमा खेल्ने छ भने कोलकाताले पाँचौ खेलमा बुधबार आबूधाबीमा चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । जितसँगै दिल्ली चार खेलमा ३ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बेंगलोरले ४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top