×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

२५ बैशाख २०७५

जनकपुरधाम, २५ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।

Advertisement
Advertisement

सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवद्र्धन र विकासका लागि नेपाल सरकारसँग गरिएको सम्झौताअनुरूप सो परियोजनाको शुभारम्भ हुन लागेको हो ।

भारतको पर्यटन मन्त्रालयबाट भारतभर दर्शन योजनाअन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट एक हो । यो परियोजनाभित्र अयोध्या, शृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर दरभंगा, नन्दीग्राम महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर समेटिने छन् भने नेपालतर्फ जनकपुरधामलगायत भगवान् राम र सीताको जीवनगाथासँग जोडिएको धार्मिक स्थलको विकास गर्ने लक्ष्य राखिएको छ ।

संस्कृतिविद् रामभरोस कापडीका अनुसार रामायण सर्किट परियोजना बृहत् रामायण कालको विस्तार नेपाल, भारत र श्रीलंकासम्म भएको पृष्ठभूमिमा आधारित परियोजना हो र यसमा राम र सीताको पाइलाले जहाँ–जहाँ स्पर्श गरेको छ ती क्षेत्रसँग जोड्ने प्रयास हो ।

जनकपुरधाम र अयोध्यालाई तीर्थाटनको सूत्रका रूपमा विस्तार गरिने सो परियोजनाभित्र प्राचीन पोखरी, मन्दिर, मिथिलाको विरासतको संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रूपमा सबल बनाउने मार्गचित्र कोरिएको छ ।

जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेका कारण पनि रामायण सर्किटले थप पर्यटकलाई आकर्षण गर्ने विश्वास गरिएको छ ।

जानकी नवमी, विवाह पञ्चमी र रामनवमी पर्वमा समेत जनकपुरधाम र अयोध्या तीर्थाटन गर्ने तीर्थालुका लागि महत्वपूर्ण स्थल हुन सक्ने गरी परिकल्पना गरिएको रामायण सर्किट परियोजनालाई सांस्कृतिक यात्राका रूपमा लिइने अपेक्षा गरिएको छ ।

प्राध्यापक डा महेन्द्रनारायण मिश्र रामायण सर्किटको पूर्ण विवरण सार्वजनिक नभइसकेको भएपनि यसको परिकल्पनाले रामायणकालीन सभ्यता र संस्कृति जीवन्त राख्न मद्दत पुग्ने धारणा व्यक्त गर्छन् ।

Advertisement

रामायण सर्किट परियोजना सम्पन्न भएपछि जनकपुरधाम र अयोध्याबीचको ६५० किलोमिटर भूखण्डमा कृषि, औद्योगिक, परिवहन र पर्यटन क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top