×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

१८ आश्विन २०७७

१८ आश्विन, पर्वत ।
पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ।

अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन्।

Advertisement
Advertisement

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ गर्‍यो। पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

सर्वोच्च अदालतले विसं २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन्।

यस्तै सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ तिलहारका ३५ वर्षीय दीपेन्द्र सुनार पनि १० वर्षपछि पक्राउ परे। पर्वत जिल्ला अदालतबाट एक वर्ष ११ महिना दुई दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ।

अदालतबाट दोषी ठहर भए पनि लुकीछिपी बस्दै आएका क्षेत्री र सुनारजस्तै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको हो।

बैकिङ कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट विसं २०७६ वैशाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्णबहादुर कार्कीलाई पनि उनकै घरबाट पक्राउ गरेको छ। बुटवलबाट घरमा आई लुकीछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सूचीमा रहेका छ पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका दुई पक्राउ परेका छन्।

लागुऔषध, बैकिङ कसुर, भ्रष्टाचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका एक–एक, झुटो विवरण पेश गरी नागरिकता लिएका दुई तथा जालसाज मुद्दाका तीन जना प्रतिवादी पक्राउ परिसकेका छन्।

पर्वत प्रहरीले यस अवधिमा पक्राउ गरेका फरार प्रतिवादीबाट पाँच वर्ष तीन महिना दुई दिन कैद र रु ११ लाख ४८ हजार १०० जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए।

अदालतबाट दोषी ठहर भए पनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटनाले प्रोत्साहन पाउँदै आएका छन्। सजाय पाएका व्यक्ति खुला हिँड्दा निरपराध मानिसको मनोवलसमेत खस्कने गरेको छ।

पर्वत जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top