सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण

१८ असोज ७७, आइतबार

१८ आश्विन, काठमाडौं ।
सर्वोच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

अदालतले न्यायाधीश र केही अधिकृत तथा कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको भन्दै आजका लागि एउटा मात्र इजलास तोकेको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि एउटा मात्रै इजलास तोकिएको जानकारी दिए।

सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन। संक्रमित भएका न्यायाधीश र कर्मचारी तथा उनीहरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीश–कर्मचारी होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

Advertisement

आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्र तोकिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top