Nepal Times
Nepal Times
3
Shares

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

१८ असाेज, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अर्को बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताए । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । उनले सबै भेटघाट बन्द गरेपछि आइतबारको पार्टी सचिवालय बैठक स्थगित गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् । मुख्यसचिव र तीन राजदूतको नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको मर्मविपरित भएको भन्दै ती नेताहरुको असन्तुष्टि छ । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.