Nepal Times
Nepal Times
3
Shares

भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

१८ असाेज, हेटाैंडा ।

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जीप दुर्घटना भएको  हाे । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप  उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार जिपमा आठ जना सवार थिए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेकाे प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.