डा. केसीसँग संवाद नगर्नु कम्युनिष्ट तन्त्रको अनुदार चरित्र : देउवा

१८ असोज ७७, सोमबार

१८ असोज, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गाविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको उनकाे आरोप छ।

केसीसँग गरेका सम्झौता कार्यान्वयन सरकारले नगर्दा अनसन बस्नुपर्ने परिस्थिति निर्माण भएको उनले बताएका छन्। ‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो।’ देउवाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।

२१ दिनदेखि अनशनमा बस्दै आएका डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भनाइ छ । उनले भनेका छन्- , ‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।’

चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका माग व्यक्तिका मागमात्रै नभएको जनाइएको छ। डा केसीलाई जुम्लामा गरिएको दुर्व्यवहारप्रति खेद व्यक्त गरिएको छ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारको सुझावका साथै देउवाको सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ जारी गरेको समेत स्मरण गराइएको छ।

सरकारले संवादमार्फत डा. केसीको मागका बारेमा समाधान खोज्नका लागि सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत हुन प्रधानमन्त्रीसँग उनले आग्रह समेत गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top