स्पेनिस ला लिगाः फिलिप कोटिन्ह्योको गोलमा बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगाः फिलिप कोटिन्ह्योको गोलमा बार्सिलोना हारबाट जोगियो

१९ असोज, एजेन्सी । स्पेनिस ला लिगामा ब्राजिली प्लेमेकर फिलिप कोटिन्ह्योको गोलमा क्याटलान क्लब बार्सिलोना हारबाट जोगिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले सेभियासँग एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भएको हो । सेभियाका लुक डि जोङले गोेल गर्दा फिलिप कोटिन्ह्योले बराबरी गोल फर्काएका थिए ।

आइतबार राति भएको खेलको आठौं मिनेटमा नै लुक डि जोङको गोलबाट सेभियाले बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भएको थियो ।

बराबरीसँगै अपराजित रहेको बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर पाँचौ तथा समान ७ अंक नै रहेपनि सेभिया गोलअन्तरमा छैटौं स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.