भन्सार छलेको स्याउ सहित ट्रक प्रहरीको नियन्त्रणमा

२६ बैशाख ७५, बुधबार

विराटनगर, बैशाख २६ ःसुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

Advertisement

भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा स्याउ लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले विहान ४ बजे ४ लाख ६६ हजार मुल्य बराबरको स्याउ लोड भएको उक्त ट्रक नियन्त्रणाम लिएको हो ।

बरामद स्याउ सहित ट्रकका चालक भारत सुपौल जिल्ला गणपतगंज –१२ बस्ने ३३ बर्षिय पवन यादवलाई सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top