Nepal Times
Nepal Times
3
Shares

सुरक्षित छैन ‘ह्यासट्याग कपल च्यालेन्ज’

सुरक्षित छैन ‘ह्यासट्याग कपल च्यालेन्ज’

काठमाडौँ : तपाईं हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो श्रीमान् सँगको फोटो ‘ह्यासट्याग कपल च्यालेन्ज’सहित फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पोस्ट गरिरहनुभएको छ भने सतर्क रहनुहोस् । यो ह्यासट्याग मात्र नभएर ह्याकरले व्यक्तिगत जानकारी सङ्कलन गर्न बुनेको जाल भएको साइबर सुरक्षा विज्ञको विश्लेषण छ ।

यस्ता विभिन्न खालको च्यालेन्जका नाममा केही समयका लागि रमाइलो दिए पनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गर्नुभयो । जोशीले सुरक्षा निकायमा बस्नेले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् भन्नुभयो । यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उहाँले दिनुभयो ।

सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता च्यालेन्जको नाममा अनेक प्रवृत्ति चलिरहेका छन्; जसमा कपल च्यालेन्जका रूपमा प्रयोगकर्ताले आफ्ना पार्टनरसँग लिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल च्यालेन्जका नाममा प्रयोगकर्ताले आफ्नो निजी जानकारी सार्वजनिक गरिरहेका छन् । यसका आधारमा ह्याकरले निशाना बनाउन सक्ने जोखिम बढेको चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न च्यालेन्ज मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिनुभयो । कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशत जस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उहाँको सुझाव छ ।

“यस्ता च्यालेन्जका प्रयोगकर्ताले सबै जानकारी आफ्नो डिभाइसमा राख्छन् । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थान लगायतका महìवपूर्ण डाटा हुन्छन्”, रघुवंशी भन्नुहुन्छ । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, ईमेल ठेगाना, क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छ । उहाँले वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छाड्नुपर्छ भन्नुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.