२० आश्विन, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी ३२ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।
असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । जुगल ३ बाट बजार जलबिरे किनमेल गर्न आएकी महिलालाई मादकपदार्थ सेवन गरेका चार जना पपुरुषले सामुहिक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए ।
बजारबाट घर फर्किदै गरेकी महिलालाई मोटरसाइकलमा आएका व्यक्तिहरुले घर पुर्याइदिन्छुु भनेर कातिके माथि मञ्ने भन्ने ठाउँमा बोलेरमा लगेर बलात्कार गरेको पाइएको सापकोटाले बताए ।
घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेका दुई जना स्थानीय नै रहेका छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । उनी विवाहित रहेको र उनको सन्तानसमेत रहेको प्रहरीले जनाएको छ ।
उनी मासिक रुपमा निकै विक्षिप्त भएको र अहिले उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ ।