Nepal Times
Nepal Times
3
Shares

धरानमा स्कुटर दुर्घटनामा परी एकको मृत्यु

धरानमा स्कुटर दुर्घटनामा परी एकको मृत्यु

२० असोज, सुनसरी । सुनसरी धरान-१४ बस्ने २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

आज विहान सवाँ १० बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र चालक तुलसी बि.क. नियन्त्रणमा रहेको साथै स्कुटर चालक सुस्मन मैनाली सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.