किशोर विश्वकर्मा
विराटनगर, बैशाख २६
विराटनगर महानगरवासीले अबको केहि वर्ष भित्रमै विराटनगरमा वर्षातको पानि जमेर हिलो हुने र पानि नपर्दा धुलाम्मै हुने समस्बाट छुटकारा पाउनेछन भनेको धेरै सुनिसकेका छन् । तर पनि महानगबासीले हिलो र धुलोको समस्याबाट अहिले सम्म मुक्त हुन सकेका छैनन् ।
जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएपछी विराटनगरको समस्या समाधान होला कि भन्ने आश महानगरवासीमा थियो । तर, अहिले सम्म विराटनगर महानगरपालिकाले सामान्य पानि पर्दा हुने हिलो र पानी नपर्दा हुने धुलोको समस्या समाधान गर्न नसकेको महानगरबासीले आरोप लगाएका छन् ।
विराटनगर—६ का चन्दन मेहताले विराटनगरमा केहि क्षण पानि पर्दा मात्र पानि जमेर हिडि नसक्नु हुनेगरेको र पानि नपरेको समयमा जताततै महानगरले विकल्प तयार नगरि खनेकाले धुलो हुने गरेको भन्दै आक्रोश पोखे ।
उनले झण्डै २ दशक पछि विराटनगर महानगरपालिकामा जनप्रतिनिधिहरु निर्वार्चीत भएर आएपछी विराटनगरको मुख्य हिलो र धुलोको समस्या समाधान गर्ने आशा गरिएपनी महानगरपालिकाले उल्टै विकासका नाममा विकल्प समेत तयार नगरि जताततै खनेर जनतालाई पिडा माथि थप पिडा दिएको आरोप लगाए ।
उनले विराटनगरमा केहि क्षण मात्र पानि पर्दा जलमग्न हुदै आएकाले विराटनगर महानगरपालिकाले विकासका नाममा विकल्प समेत नराखि अधिकांस ठाउँमा डोजरले खनेर त्यसै छाडिदिएर महानगरवासीलाई सास्ती दिएको आरोप लगाए ।
त्यस्तै विराटनगर—१० का कृष्ण पासपानले समेत विराटनगर प्रदेशको अस्थायी राजधानी भईसकेको र स्थायी राजधानीसमेत बन्ने क्रममा विराटनगर रहेकाले समस्या यथावत रहनु दुखद भएको बताए । उनले विराटनगरमा जारी विकास निर्माणका कामहरु दु्रत गतिमा सम्पन्न गर्नुपर्ने र भत्काइएका स्थानहरुको स्तरउन्नती गरि विराटनगरलाई हिला्, धुलो र धुवाँ मुक्त बनाइनुपर्ने बताए ।
त्यसो त अहिले विराटनगरमा केहि क्षण मात्र पानि परेपनी विराटनगरका अधिकांश क्षेत्र जलमग्न हुने गरेको छ । पानि परेको समयमा विराटनगर कुनै एउटा पोखरी वा नदी भन्दा कम देखिदैन । पानि नपरेको समयमा विराटनगर पुरै धुलाम्मै भएर कुहिरि मण्डल जस्तै देखिन्छ । जसका कारण सर्वसाधारण विभिन्न रोगको शिकार हुँदै आउनु परेको छ । त्यसर्थ विराटनगरको यो समस्या चाँडै समाधान गर्न विराटनगर महानगरपालिकालाई महानगरवासीको माग छ ।