×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आईपीएल : राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो

२१ आश्विन २०७७

२१ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको २० औं खेलमा तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लिएको हो । मुम्बईले राजस्थानलाई पाँच वर्षपछि हराएको हो ।

जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिएपनि एकल प्रयास टोलीलाई जिताउन पर्याप्त रहेन । उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । जेम्श प्याटिनसको १४ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बटलरलाई लङअनमा काइरन पोलार्डले उत्कृष्ट क्याच लिएपछि राजस्थानको जितको सम्भावना सकिएको थियो ।

Advertisement

राजस्थानले सुरुवात देखिनै खराब प्रर्दशन गर्यो । पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काएका थिए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका स्टिभ स्मिथ इनसाइड एज लागेर ६ रनमा डी ककबाट क्याच आउट हुन पुगेका थिए ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट हुँदा राजस्थान १२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि महिपाल लोमरोर र बटलरले ३० रनको साझेदारी गरेका थिए । तर महिपाललाई नवौं ओभरको पहिलो बलमा राहुल चहरले वैकल्पिक फिल्डर अनुकुल रोयबाट उत्कृष्ट क्याच आउट गराए । महिपालले ११ रन बनाए । पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाएका थिए । १५ औं ओभरको चौथो बलमा करनलाई पोलार्डले हार्दिक पान्ड्याबाट १५ रनमा क्याच आउट गराए । जस्प्रित बुमराहले राहुल ट्वाटियालाई ५ रनमा बोल्ड आउट गरेपछि राजस्थानको झिनो आशा सकिएको थियो । तल्लोक्रममा जोफ्रा आर्चरले ११ बलमा ३ चौका र १ छक्का सहित २४ रन जोड्दै रनको अन्तर घटाए ।
ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेम्श प्याटिनसनले दुई, राहुल चहर र काइरन पोलार्डले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । यी दुई खेलाडीबीचको साझेदारी पहिलो आइपिएल खेल खेलि रहेका युवा तीव्र गतिका बलर कार्तिक त्यागीले बाउन्सर बलमा डी ककलाई विकेटकिपर जस बटलरबाट २३ रनमा क्याच गराउँदै तोडेका थिए । डी ककले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर श्रेयस गोपालको दशौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका रोहित लङ अनमा राहुल टेवाटियाको हातबाट ३५ रनमा समातिन पुगे । रोहितले २३ बलमा २ चौका र ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा गोपालले इशान किशनलाई सन्जु स्यामसनबाट शून्यमा क्याच आउट गराए । जोफ्रा आर्चरको १४ औं ओभरको अन्तिम बलमा क्रुनाल पान्ड्या १७ बलमा १२ रन जोड्दै मिड विकेटमा गोपालबाट क्याच आउट हुन पुगे ।

श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कार्तिक त्यागिले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।

मुम्बईले अव अक्टोबर ११ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने राजस्थानले दिल्ली क्यापिटल्सबिरुद्ध अक्टोबर ९ मा खेल्ने छ । जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका कारण दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top