Nepal Times
Nepal Times
3
Shares

आईपीएल : ब्याटिङ नचल्दा कोलकातासँग हार्याे चेन्नई

आईपीएल : ब्याटिङ नचल्दा कोलकातासँग हार्याे चेन्नई

२२ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएल २०२० को २१ औं खेलमा कोलकातासँग चेन्नई १० रनले भएको हो । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो ।

जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा पराजित हुन पुगेको हो ।

चेन्नईलाई जितको लागि १२ बलमा ३६ रन आवश्यक परेको थियो । १९ औं ओभरमा स्पिनर सुनिल नारायणले १० रन मात्र खर्चेपछि जितको लागि अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । सुरुवाती दुई बल आन्द्रे रसेलले केदार जाधवलाई डट गराएपछि चेन्नईको जित टाढिएको थियो । तेस्रो बलमा एक रन दिए । चौथो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे । तर चेन्नईको लागि उक्त छक्का ढिला भइसकेको थियो ।

पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त भएन । जाधव १२ बलमा १ चौका सहित ७ रनमा अविजित रहे । जडेजा ८ बलमा ३ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे ।

शिवम माभीको चौथो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिस एज लाग्दै विकेटकिपर दिनेश कार्तिकबाट १७ रनमा क्याच आउट हुन पुगे । डु प्लेसिसले १० बलमा तीन चौका प्रहार गरे । १३ औैं ओभरको पहिलो बलमा कमलेश नगरकोटीले आम्बाती रायुडुलाई सुभमन गिलबाट ३० रनमा क्याच आउट गराए । रायुडुले २७ बलमा तीन चौका प्रहार गरे । दोस्रो विकेटका लागि रायुडु र वाटसनले ६९ रनको साझेदारी गरेका थिए ।

१४ औं ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले वाटसनलाई ५० रनमा एलबिडब्लू आउट गरे । वाटसनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे । १७ औं ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई बरुण चक्रबर्तीले ११ रनमा बोल्ड आउट गरे ।

आन्द्रे रसेलको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका साम करन ओईन मोर्गनबाट १७ रनमा क्याच आउट भएपछि चेन्नईको जित कठिन बनेको थियो । करनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । ड्वेन ब्राभोको १७ औं ओभरकपाँचौ बलमा शेन वाटसनबाट क्याच आउट हुनुअघि त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

पाँचौ ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले ओपनर सुभमन गिललाई धोनीबाट ११ रनमा क्याच गराउँदै चेन्नईलाई पहिलो सफलता दिलाए । कोलकाताले आजको खेलमा ओपनिङ जोडीमा परिवर्तन गरेको थियो । सुरुवाती चार खेलमा खराब प्रर्दशन गरेको अलराउन्डर सुनिल नारायणको स्थानमा राहुल त्रिपाठीलाई ओपनिङ गराउने निर्णय लिएको थियो । पहिलो विकेटका लागि त्रिपाठी र गिलले ३७ रनको साझेदारी गरेका थिए । लेग स्पिनर करण शर्माले नवौं ओभरको पहिलो बलमा नितेश राणालाई रविन्द्र जडेजाबाट ९ रनमा क्याच आउट गराए । शर्मालेनै ११ औं ओभरको अन्तिम बलमा नारायणलाई १७ रनमा फाफ डु प्लेसिसबाट उत्कृष्ट क्याच आउट गराए । डिप मिड विकेटमा उत्कृष्ट क्याच हुनुअघि नारायणले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

साम करनको १४ औं ओभरको अन्तिम बाउन्सर बलमा सट खेल्न खोजेका ओईन मोर्गन एज लागेर धोनीबाट ७ रनमा क्याच आउट हुन पुगे । ठाकुरको १६ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल एज लाग्दै धोनीबाट २ रनमा क्याच आउट हुन पुगेपछि कोलकाता १२८–५ को अवस्थामा पुगेको थियो । साम करनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलका कप्तान दिनेश कार्तिक ठाकुरबाट १२ रनमा क्याच आउट हुन पुगे । प्याट कमिन्स ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।

करण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा २८ रन २ खर्चेर विकेट लिए । साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । ड्वेन ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दीपक चहर सर्वाधिक महँगो बलर सावित भए । उनले ४ ओभरमा ४७ रन खर्चे ।

चेन्नईले अव आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ भने कोलकाताले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.