×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

क्लिनफिड लागू भएपछि नेपालमा २५ अर्बको विज्ञापन

२२ आश्विन २०७७

२२ असाेज, काठमाडाैँ ।
विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताएका छन् । क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उनले बताए । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गते देखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार छोटो समय भित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने बताए ।

क्लिनफिड लागू भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आकलन गरिएको बताए । जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उनको भनाई छ । उनले भने ‘नेपाली टेलिभिजन, नेपाली छापा माध्यम र नेपाली रेडियो माध्यमहरुको पनि जुन विज्ञापन बजार संकुचन भइरहेको छ र क्लिनफिड पछि विदेशी ब्राण्डहरुले नेपाली टेलिभिजनमा, नेपाली छापामा र नेपाली रेडियोमा जुन खालको विज्ञापन गर्छ यसले करिब एक हजार करोड भन्दा बढीको विज्ञापन केही समयको अन्तरालमा बढाउँछ । त्यसो हुँदाखेरी विदेशी उत्पादनहरुको विज्ञापन यहिं बनाउँछौं । यहिं उत्पादन गर्दाखेरी कलाकारहरु, प्राविधिज्ञहरु, विज्ञापन एजेन्सी, विज्ञापन सर्जकहरु सबैले काम पाउने भयो । टेलिभिजनले र सञ्चार माध्यमलाई पनि विज्ञापनको वृद्धि हुने भयो । त्यसो हुनाले अहिलेको जुन १२ सय करोडको विज्ञापन बजारलाई २५ अर्ब बनाउन सकिन्छ ।’

Advertisement

कत्तिक ७ गतेपछि क्लिनफिट हटाउँदा केही समस्या हुने भएपनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उनले बताए । विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदा सम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उनको भनाई छ । प्राविधिक समस्याका नाउँमा फेरी समय थप गर्न नहुनेमा उनले जोड दिए । ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको पनि उनले बताए ।

करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिनफिड लागू गर्ने समय थप गर्न जरुरी नभएको बताए । उनले भने ‘प्राविधिक समस्या जुन आउन सक्छ त्यसलाई सम्बोधन गर्न सकिन्छ । तर त्यो सम्बोधन गर्ने नाममा हामीले जुन ६ महिना बढाऔं, एक वर्ष बढाऔं भनेका छौं यो ऐन आएको एक वर्ष भइसकेको छ । एक वर्ष पछि कार्तिक ७ गतेलाई डेडलाइन मानेर हामी अगाडि बढेको हो । त्यसकारणले निर्वाधरुपमा जानुपर्छ । मैले प्राप्त गरेको जानकारी अनुसार करिब ९० प्रतिशत विदेशी टेलिभिजनहरुले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेका छन् । बाँकी १० प्रतिशतका लागि हामीले अन्य कुराहरु सोचिराख्नुपर्ने जरुरी छैन् ।’

Advertisement

कुनैपनि विदेशी उत्पादनले नेपालका लागि बजार प्रवद्र्धन गरिरहेको छ भने आफ्नै देशको टेलिभिजनमा विज्ञापन गरी गरेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि पनि क्लिनफिड आवस्यक रहेको उनको भनाई छ । क्लिनफिड लागू भएपनि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउँदा नेपालको विज्ञापन बजार बढ्ने उनले बताए । यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु प्नि आत्मनिर्भर बन्न सक्ने उनको भनाई छ । यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान हुने उनले बताए ।

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top