×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

राशिद र बेयरस्टो चम्कँदा पन्जाबमाथि हैदराबादको सानदार जित

२३ आश्विन २०७७

२३ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को २२ औँ खेलमा स्पिनर राशिद खानको घातक बलिङ र ओपनर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सानदार जित हात पारेको छ । बिहिबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । तेस्रो जितसँगै हैदराबाद अंक तालिका तेस्रो स्थानमा उक्लिएको छ ।

जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाब १६.५ ओभरमा अल आउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ३७ बलमा ५ चौका र ७ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए ।
१५ औं ओभरको पाँचौ बलमा स्पिनर राशिद खानले टि नटराजनबाट पुरनलाई क्याच आउट गराएपछि पन्जाबको जितको सम्भाबना सकिएको थियो । पुरनले १७ बलमा अर्ध शतक प्रहार गरेका थिए । पन्जाबका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । ८ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

Advertisement

दोस्रो ओभरको तेस्रो बलमा ओपनर मयंक अग्रवाल ९ रनमा रन आउट हुन पुगे । खलिल अहमदले पाँचौ ओभरको दोस्रो बलमा प्रभशिम्रन सिंहलाई ११ रनमा प्रियम गर्गबाट क्याच आउट बढाउँदै दबाब बढाए । युवा स्पिनर अभिषेश शर्माले सातौं ओभरको चौथो बलमा केन विलियम्सनबाट कप्तान लोकेश राहुल ११ रनमा खेलि रहेको अवस्थामा क्याच आउट गराए ।

११ औं ओभरमा ग्लेन म्याक्सवेल ७ रनमा रन आउट हुन पुगे । १३ औैं ओभरको तेस्रो बलमा मनदीप सिंहलाई राशिद खानले ६ रनमा बोल्ड आउट गरेपछि पन्जाब ११५–५ को कमजोर अवस्थामा पुगेको थियो । खलिल अहमदले रबि बिश्रोईलाई १ रनमा क्याच आउट गराए । मोहम्मद शामी, अर्शदीप सिंह र शेल्डन कटरेलले खाता खोल्न सकेनन् ।

राशिद खानले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । खलिल अहमदले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ३।५ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अभिषेक शर्माले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । हैदराबादका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ९७ रनको योगदान दिए । बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । अर्का ओपनर डेभिड वार्नरले ५२ रन बनाए । वार्नरले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १६ औं ओभरको पहिलो बलसम्म १ सय ६० रनको साझेदारी गर्दै विशाल योगफलको बाटोमा डोर्याएका थिए । तर १६ औं ओभरमा युवा लेगस्पिनर स्पिनर रबि बिश्रोईले यी दुबै ओपनरलाई आउट गरेपछि पन्जाब खेलमा फर्किएको थियो ।

बिश्रोईले १६ औं ओभरको पहिलो बलमै वार्नरलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराए । ठूलो सट खेलेका वार्नर लङअनमा समातिन पुगेपछि उत्कृष्ट साझेदारी तोडिएको थियो । तीन बल पछि बेयरस्टो एलबिडब्लू आउटको शिकार बन्न पुगे । अम्पायरले आउट नदिएपनि कप्तान लोकेश राहुलले रिभ्यु लिदै बेयरस्टोलाई तीन रनले शतक बनाउन असफल बनाउँदै पेभिलिएन फर्काए ।

१७ औं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर अर्शदीप सिंहले मनिष पान्डेलाई १ रनमा कट एण्ड बोल्ड आउट गरे । बिश्रोईको १८ औं ओभरको पाँचौ बलमा अब्दुल सामद ठूलो सट खेल्नेक्रममा अर्शलीपबाट ८ रनमा क्याच आउट भए । प्रियम गर्गले खाता खोल्न सकेनन् ।

केन विलियम्सन १० बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । अभिषेक शर्मा ६ बलमा १ चौका र १ छक्का सहित १२ रनमा क्याच आउट हुन पुगे । हैदराबादले अन्तिम २४ बलमा ४१ रन जोड्न ६ विकेट गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो । रबि बिश्रोईले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीको नाममा १ विकेट रह्यो ।

Advertisement

पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा छ । हैदराबाद ६ खेलमा ३ मा हार र ३ मा जित सहित तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई इन्डियन्स शीर्ष र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेका छन् । हैदराबादले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ भने पन्जाबले कोलकाता नाइट राइडर्ससँग शनिबार खेल्ने छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top