×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिरोपीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

२४ आश्विन २०७७

२४ असाेज,बागलुङ ।

गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।

Advertisement
Advertisement

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पु¥याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ । बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।

पशु सेवा विज्ञ केन्द्रको बजेट दस करोड
बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपंक्षी तथा मत्स्य कार्यक्रमका लागि दश करोड रुपैयाँ खर्च हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो । केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपियाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिए ।

Advertisement

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिद बाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रीत भएको बताए । चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणकालागि अनुदान वितरण गरिनेछ ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top