२४ आश्विन, कपिलवस्तु ।
दलित सामाजिक विकास केन्द्र र युनाईटेड मिसन टु नेपालको सयुंक्त साझेदारीमा संचालित हाम्रो पहँुच परियोजना अन्तर्गत कपिलवस्तुको यशोधारा गाउँपालिकाले स्वअध्ययन सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले ८ वटै वडामा कक्षा ६ का लागि स्वअध्ययन सामग्री तथा कक्षा ३ का लागि अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु सामाग्री २७ वटा विद्यालयहरुमा हस्तान्तरण गरेको हो ।
यशोधरा गाउँपालिकामा रहेका ३ वटा मा.वि., ५ वटा निमावि, १४ वटा प्रावि र मदरसा लगायत जम्मा २७ वटा विद्यालयमा कक्षा ३ को ६७० जना र कक्षा ६ को ४०८ जना बालबालिका गरी जम्मा १हजार ७८ जनालाई एक एक वटा बैकल्पिक शिक्षाका लागि स्वअध्ययन सामाग्री घरमा नै गर्न सकिने सिकाई क्रियाकलापहरु र अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरुको किताब बितरण गरिएको हो ।
कोरोना भाइरसको प्रभावले विद्यालय बन्द रहेको बेलामा विद्यार्थीहरुले उक्त किताव बालबालिकाहरुले अभिभावकहरुको सहयोगमा आफैले पढन लेख्न र अभ्यास गर्न सक्ने गरि पाठयक्रमको आधारमा तयार गरिएको हो। कोरोना भाइरस (कोभिड १९) महामारीको बेलामा सबै विद्यालयहरु बन्द रहेको अवस्था छ ।
यस समयमा बिद्यार्थीहरु घरमा बस्दै आई रहेका छन । त्यसकारण विद्यार्थीहरुको सिकाई अभ्यास निरन्तरता र बिर्सेका कुराहरुको पुर्नताजगी र उनीहरुको पढाई नियमित रुपमा होस भन्ने उद्देश्यले यो किताब वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।