यशोधरा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२३ असोज ७७, शनिबार

२४ आश्विन, कपिलवस्तु ।

Advertisement

कपिलवस्तुको यशोधरा गाउँपालिकालाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।

यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा संचालित जिवीको पार्जन तथा वातावरण सुधार कार्यक्रमद्धारा समुदायको उत्थानशील सवलीकरण परियोजनाबाट गाउँपालिकाका अध्यक्ष गिरिजेशकुमार पाण्डे र स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश दुवेलाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

यशोधरा गाउपालिका को वडा नं. १, २ र ३ मा संचालित परियोजनाद्धारा गाउँपालिकाको स्वास्थ्य शाखालाई सेनिटाइजर ६० बोतल ५०० एमएल, सर्जिकल मास्क १हजार पीस, हेण्ड वास ६० पीस, ग्लोब्स १६० पीस, साबुन ५० पीस र फिनेल ३५ बोतल लगायत स्वास्थ्य सामग्रीहरु कोरोना हस्तान्तरण गरिएको परियोजना अधिकृत सुमन न्यौपानेले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top