×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पाेखरा विमानस्थलकाे निर्माण समयमै सकिन्छ : मुख्यमन्त्री गुरुङ

२५ आश्विन २०७७

२५ असाेज, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको शनिबार स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलका निर्माण कार्यले निरन्तरता पाएको बताए ।

Advertisement
Advertisement

गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधिन विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालनसँगै समृद्धिको आधार बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति उपलब्ध गराउन असहज भएपनि सङ्घीय सरकार र स्थानीय तहसँग आवश्यक सहजिकरण गरेर समस्या समाधान गरिने उल्लेख गरे।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विमानस्थल निर्माणका गठित कार्यदलमा प्रदेश सरकारको उपस्थिति हुनु पर्ने बताउँदै देखिएका समस्या पहिचान गरी निराकरण गरिनु पर्नेमा जोड दिए । विमानस्थल निर्माणका लागि थपिएका नयाँ चुनौतीको सामना गर्दै त्यससम्बन्धि तयार पारिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए। भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भएको उल्लेख गर्दै उनले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, पहुँचमार्गसहित १४ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

Advertisement

भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । कूल रु २२ अर्वको लागतमा निर्माण भई रहेको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top