×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नदी कटानको उच्च जोखिममा ५३५ घर

२५ आश्विन २०७७

२५ आश्विन, कैलाली ।
कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् ।

भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् । बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् ।

Advertisement
Advertisement

यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् ।

यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछन् । “नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ”, विष्णुले भने, “हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।”

यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए ।

बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउँछन् । “बाढी आएपछि करिब एक महिना विस्थापित हुनुप¥यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ”, भण्डारी भने, “नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ ।

यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।” पगिया पसारका नृप बुढा नदी कटान र पटानबाट नागरिकलाई उन्मुक्ति दिन सरकारले बृहत तटबन्ध गरिदिनुपर्ने माग गर्छन् । “बाढीपछि धेरै नेताले यो क्षेत्रको निरीक्षण गरे।

तर गरौँ भन्ने भावना कसैमा देखिएन”, बुढाले भने, “खेतीयोग्य सयौँ बिघा पटान भएर नागरिकलाई भोकमरीको समस्या हुने देखिएको छ ।” यस वर्ष बाढीले सयौँ बिघामा लगाएको धानबाली पटान गरेको छ । स्थानीय शर्मिला चौधरीको पाँच कठ्ठा जमिन थियो ।

बाढीपछि भएको पटानले उनको पूरै जमिनमा बालुवा भरिएको छ । शर्मिलाको परिवारलाई यतिखेर सबैले धान भित्र्याएको देख्दा पीडा हुन थालेको छ । “सबैले धान काट्न थाले, म हेरेर बसेकी छु”, शर्मिलाले भने, “अब हामीले के खाने भन्ने चिन्ता बढेको छ ।”

गत साउन १४ गते आएको बाढीपछि बस्तीमा धेरै नागरिकलाई मनोसामाजिक समस्या देखिन थालेको छ । “कोरोना महामारीपछि भारतमा रोजगारीमा रहेकाहरु धेरै घर फर्किएका छन्, यहाँ बाढी आएर तहसनहस भएको छ”, स्थानीय जयप्रसाद ढुङ्गाना भन्छन्, “बाढीमा परेका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

कतिपय नागरिक बर्बराउने, एक्लै कुरा गर्ने, डर लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन थालेको गुनासो गरेका छन् ।” सामाजिक अभियानकर्मीले समस्या देखिएका नागरिकलाई मनोसामाजिक परामर्शदातासँग छलफल गराइदिने गर्न थालेका छन् ।

नदी कटानका कारण खेतीयोग्य जमिन कटानको समस्या एकातिर छ भने बाढीले सयौँ बिघा जमिनको धानबाली पूर्णरूपमा नष्ट गरेको छ । नदी कटान नियन्त्रणका लागि भजनी नगरपालिका आफैँले नसक्ने भएकाले प्रदेश सरकारलाई गुहारेका वडा नं ५ का वडाध्यक्ष केशव बुढाले बताए ।

Advertisement

“सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, कृषिमन्त्री, कानूनमन्त्री सबैले निरीक्षण गर्नुभएको छ, यस वर्ष बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौँ”, वडाध्यक्ष बुढाले भने, “अब बृहत तटबन्ध बन्ने आश्वासन पाएका छौँ, मुख्यमन्त्रीज्यूले कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर भए पनि यस वर्ष बनाउने भन्नुभएको छ ।”(रासस)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top