NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी सोमवार असार २३ , २०८२
के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार? सोमवार असार २३ , २०८२
हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो सोमवार असार २३ , २०८२
इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

कोरोना कहरः सङ्कटमा खुवा व्यवसायी, बङ्गुरलाई खुवाइँदै

आइतवार अशोज २५ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
कोरोना कहरः सङ्कटमा खुवा व्यवसायी, बङ्गुरलाई खुवाइँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ आश्विन, पाँचथर ।
पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आएका छन् ।

एक वर्ष अगाडिदेखि काम गर्दै आएका उनीहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो । पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आएका उनीहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा सो ठाउँमा आइपुगेको बताए ।

अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने हो । “कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला चुर्पी बनाएर सुकाउने गर्नुपर्छ”, उनले भने, “अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।”

Advertisement

खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उनी बताउँछन् । खुवा केन्द्र सञ्चालक अनेत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको उनले बताए ।

सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताए । रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आइरहेका छन् ।

केन्द्र सञ्चालनसँगै केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आएका उनी पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताए । कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भएको उनले बताए ।

उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो । उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उनले बताए ।

सो ठाउँमा पनि उनले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार÷पाँच जनालाई रोजगारी दिँदै आएका थिए । खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको उनले बताए ।

“व्यवसाय राम्रो चले पनि कोरोनाको कारण व्यवसाय सङ्कटमा परेको छ”, उनले भने, “अब पहिलाकै अवस्थामा ल्याउन धेरै कष्ट गर्नुपर्छ । सो ठाउँमा उनले रु ६० हजार लगानीमा खुवा उत्पादन केन्द्र शुरु गरेका थिए । रजबासमा भने रु ३५ लाख लागतमा खुवा उत्पादन केन्द्र स्थापना गरेको थापा मगरले बताए ।

दुई ठाउँमध्ये रजवासको भने जसोतसो सञ्चालन भइरहेको उनको भनाइ छ । यसअघि त्यहाँ उत्पादन भएको खुवा चिस्यान केन्द्रमा राखेको अवस्थामा राम्रो व्यवस्थापन मिलाउन नसक्दा बिग्रेपछि बङ्गुरलाई दिनुपरेको उनले बताए।

अहिले पछिल्लो समयमा रजबासमा थोरै मात्रमा खुवा बनाएर अरु छुर्पी बनाएर राखेको उनले बताए । जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ ।

दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।(रासस)

लोकप्रीय

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
ताजा समाचार

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!
आर्थिक

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२
हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो
ताजा समाचार

हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

विमान दुर्घटनामा ज्यान गए १ लाख डलर दिने तयारी

सोमवार असार २३ , २०८२
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

के ’काठमाडौं टावर’ले नै ढाल्दैछ बालेन सरकार?

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.