अस्ट्रेलियाले नेपाललाई डेढ अर्ब दिने

२४ असोज ७७, आइतबार

२५ आश्विन, एजेन्सी ।
अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड) रुपैयाँ सहयोग दिने भएको छ ।

यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गले जारी गरेको बजेट घोषणामा अस्ट्रेलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिइने उल्लेख गरिएको छ ।

दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्ष सहयोग दिँदै आएको छ । दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अस्ट्रेलियाले यस वर्ष गत वर्षको भन्दा करिब ७ करोडले कमी गरेको छ ।

सबैभन्दा धेरै कटौती अफगानिस्तानको सहयोगमा गरेको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको छ । यसैगरी पाकिस्तान र बंगलादेशलाई दिइने सहयोग समेत उल्लेख्य रुपमा घटाइएको छ ।

बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग घोषणा गरेको छ, जुन गत वर्ष २६ करोड ६० लाख डलर थियो ।

अस्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा. भरतराज पौडेलले अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तानलगायतका देशको सहयोग रकम धेरै कटौती गरेको सन्दर्भमा नेपालको रकममा कटौती नहुनु खुसीको कुरा भएको दाबी गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top