दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयको तथ्याङ्क)
२४ घण्टामा २२ जनासहित आजसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो /आज २ हजार ७१ संक्रमित थपिँदा १५ सय ५२ जना डिस्चार्ज /आज देशभर ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित ।

२.(कस्तो छ विदेश)
कोरोना सङ्क्रमणबाट विदेशमा रहेका थप १७ जना नेपालीको मृत्यु/अहिलेसम्म नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट मृत्यु/४० हजार ७ सय ३५ जनामा सङ्क्रमण हुदा ३६ हजार ६ सय ७३ जना निको भए ।

३.(नागरिकको काँधमा बन्दुक)
सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सरकारको सचेत /चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ सबैलाई ध्यान दिन आग्रह ।

४.(आयातमा सहुलियत)
५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने तथा तयारी मदिराको आयात पनि खुला गर्ने सरकारको निर्णय /महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको सरकारका प्रवक्ता प्रदीप ज्ञावलीको भनाई ।

५.(तोडियो अनशन)
चिकित्सा क्षेत्र सुधारको माग राख्दै २८औं दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशन तोडियो/ सरकार र केसीबीच ८ बुँदे सहमतिपछि प्रधानमन्त्री ओली र वार्ता टोलीलाई केसीले दिए धन्यवाद ।

६.(अब चाहियो प्रमाण)
बुढीगण्डकी जलविद्युत् आयोजनामा सभापति शेरबहादुर देउवालाई जोडेर दिएको अभिव्यक्ति पुष्टि गर्न बाबुराम भट्टराईलाई नेपाली कांग्रेसको चुनौती/गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा भट्टराई सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको आरोप ।

७.(आफ्नैको अविश्वास)
कर्णालीका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता ÷प्रस्तावमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसदद्वारा हस्ताक्षर ।

८.(लालटिनले देखाओस्)
सेवा र पारिश्रमिकबाट बन्चित पत्रकारहरुको पक्षमा पत्रकार महासंघको नेतृत्वमा लालटिन बालेर सूचना विभाग अगाडि प्रदर्शन /समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न बाध्य हुने चेतावनी ।

९.(राप्रपाको जम्बो टोली)
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति विस्तार / चार सय जनालाई राप्रपाको केन्द्रीय समितिमा थप गर्ने अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको निर्णय अनुसार कार्यसमिति ७ सय २७ सदस्यीय बनाईयो ।

१०.(टिकट काट्ने जाने)
यस वर्ष कोभिडका कारण यात्रुको संख्या कम रहेको भन्दै तत्काल अग्रिम टिकट बुकिङ नखोलिने यातायात व्यवस्था विभागको भनाई/जहाजमा झैं बसमा पनि पूरै सिटमा यात्रु राख्न दिनुपर्ने व्यवसायीहरुको माग ।

११.(मन दुखेका कृषक)
रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा बुझाए ज्ञापनपत्र /४१ लाख भुक्तानी बाँकी रहदा उद्योगनै बन्द भएपछि आफुहरु मारमा परेको गुनासो ।

१२.(सरकारसँगै छैन पैसा)
विकास खर्च नभएपनि महामारीका कारण अपेक्षित राजश्व नउठ्दा दशैं खर्च जुटाउन सरकारलाई सकस/सरकारले हालसम्म ३० अर्ब आन्तरिक ऋण उठाएको महालेखा नियन्त्रकको कार्यालयको भनाई ।

१३. (घट्यो सहयोग)
अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा करिब १ अर्ब ७० करोड रुपैयाँ सहयोग दिने /दक्षिण एसियाली देशलाई गत वर्ष घोषणा गरिएको भन्दा यस वर्ष अस्ट्रेलियाकोे सहयोगमा करिब ७ करोडले कमी ।

१४.(विप्लवको पनि मोर्चा)
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासहितको संलग्नतामा २१ राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने घोषणा/ केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको भन्दै सशक्त विरोध प्रदर्शन गर्ने ।

र,
१५.(विश्व घटना)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख ७८ हजार बढीको मृत्यु /कुल संक्रमित ३ करोड ७५ लाख बढी पुग्दा २ करोड ८१ लाख बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top