नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु, एकको उपचार हुँदै

२५ असोज ७७, सोमबार

२६ असोज, झापा । पाँचथर फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थित आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए ।

Advertisement

सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनी माछा मार्न भनि आइतबार साझँ ६ बजे गएका थिए । नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै उनी संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top