×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लिबियामा अपहरणमा परेका सात भारतीय नागरिक अपहरण मुक्त

२६ आश्विन २०७७

२६ असोज, काठमाडौं । लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले यस कुराको जानकारी दिएका हुन् । उनले अपहरणमा परेका सात भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेको जानकारी दिए ।

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गएको सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उनले बताए ।
भारतले गएको बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूतावासले उनीहरुको अवस्थाको बारेमा खोजी सुरु गरेको थियो ।

Advertisement
Advertisement

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएका थिए । लिबियामा भारतको राजदूतावास नरहेकोले ट्युनिसियामा रहेको दूतावासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।

भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।

Advertisement

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अपहरणमुक्त गरिदिएका बताइएको छ । अपहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top