मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत होः भीम रावल

२६ असोज ७७, सोमबार

२६ आश्विन, विराटनगर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत भएको बताएका छन्।

Advertisement

स्थायी कमिटी बैठकले प्रदेशमा हेरफेर गर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदै अविश्वासको प्रस्ताव आएको भन्दै रावलले विरोध गरेका हुन्। नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो।

निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ, उनले ट्वीट गर्दै भनेका छन्। यसप्रति नेतृत्वको ध्यान जानुपर्ने रावलको सुझाव छ।

Advertisement

कर्णालीका मुख्यमन्त्री शाही विरुद्ध आइतवार पूर्वएमाले १५ र पूर्वमाओवादीका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएका थिए। मंगलवार नेकपा कर्णाली प्रदेश कमिटीको संसदीय दलको बैठक बस्दैछ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीबीच सोमवार बिहान भेट भएको थियो। भेटमा प्रचण्डले अविश्वासको प्रस्ताव रोक्न ओलीलाई आग्रह गरेको बताइएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top