विक्रमप्रसादको मृत्यु, विधिपूर्वक अन्त्येष्टि

२५ असोज ७७, सोमबार

२६ आश्विन, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा क्षयरोग देखिएको एउटा विक्रमप्रसाद नाम गरेको भाले हात्तीको मृत्यु भएको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार निकुञ्जको बेलसहर पोस्टको १९ वर्षको हात्तीको मृत्यु भएको हो । मृत्यु भएको हात्तीमा क्षयरोग (टीबी) देखिएको उनले जानकारी दिए ।

टीबी लागेका निकुञ्जका हात्तीमध्ये गत वर्ष तीन वटा र यो वर्ष दुई वटा हात्तीको मृत्यु भएको उनले बताए । उक्त हात्ती बच्चादेखि नै बिरामी हुने गरेको थियो । क्षयरोगसमेत भएको सो हात्ती आइतबार मरेको हो । हात्तीलाई हिन्दुहरु गणेश भगवानको प्रतस्क मान्दछन् ।

Advertisement

‘त्यसैले मृत्युपछि हात्तीको धार्मिक विधिअनुसार पूजापाठ गरेर माटोमा पुरेर अन्त्येष्टि भएको छ,’ निकुञ्जका सूचना अधिकारी अशोक रामले भने । २०६३ सालमा गरेको परीक्षणपछि उक्त हात्तीमा क्षयरोग पुष्टि भएको थियो ।

Advertisement

राष्ट्रिय निकुञ्ज विभागले क्षयरोग नियन्त्रण र व्यवस्थापन योजना बनाएर हात्तीमा टीबी भए नभएको परीक्षण गर्ने र टीबी पत्ता लागे उपचार गर्न सुरु गरेको थियो । परीक्षणमा राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी)ले प्राविधिक सहयोग गर्दै आएको थियो ।

एनटीएनसीको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेका अनुसार चितवनमा निकुञ्जका २० हात्ती र एनटीएनसीको तीनवटा हात्तीमा टीबी देखिएपछि उपचार सुरु भएको थियो ।

टीबी नै भएका कारण ६३ सालयता निकुञ्जका अहिलेसम्म सातवटा हात्ती मरेको रामले बताए । एउटा निजी हात्ती पनि टीबीका कारण मरेको एनटीएनसी प्रमुख लामिछानेले जानकारी दिए । एनटीएनसीको हात्ती टीबीका कारणले अहिलेसम्म नमरेको उनले बताए ।

पछिल्लो तीन वर्षयता हात्तीमा टीबी भए नभएको परीक्षण भएको छैन । परीक्षण सुरु गर्ने तयारी रहेको लामिछानेले बताए ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top