×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु

२६ आश्विन २०७७

२६ असाेज, काठमाडाैँ ।
नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा ७१ वर्षिया र चितवनमा ४० वर्षिया महिलाको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा ३७ वर्षिय, ८९ वर्षिय र ९० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ५० वर्षिय, रुपन्देहीमा ७४ वर्षिय, काठमाडौंमा ६३ वर्षिय र ६७ वर्षिय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ । संस्थागत आइसोलसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा ७ सय ५, बागमती प्रदेशमा ८ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा ५ सय २९ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, कर्णाली प्रदेशमा ५ सय ६ र सुदूरपश्चिम प्रदेशमा २ सय ६३ गरी देशभरी १३ हजार ९ सय २३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ३ सय ८८, प्रदेश नम्बर २ मा ४ सय ५६, बागमती प्रदेशमा १३ हजार ४ सय ८९ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, कर्णाली प्रदेशमा ४ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५ सय १४ गरी देशभरी १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।

आज १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन् ।

सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताए। यस्तै कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको उनले बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top