भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

२८ असोज ७७, बिहीबार

२९ आश्विन, भक्तपुर ।
देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ ।

वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु गरेको हो ।

Advertisement

डा. गौतमले भनिन्, “वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत रु एक करोड ३५ लाखको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगै दूरबिन प्रविधिबाट शल्यक्रिया शुरु गरेका छौँ, अब सहज र सुलभरूपमा शल्यक्रिया सेवा दिन सक्छौँ ।”

कोभिड–१९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डा. रञ्जिस पहाडीको नेतृत्वमा डा. मनिष मल्लिक, डा. विनय चौधरी, एनेस्थेसियन डा. निर्मल श्रेष्ठ, डा. दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरेका हुन् ।

Advertisement

निजी अस्पतालले रु ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने रु २० हजारमै गर्ने भएको छ । पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको भएकाले रु नौ हजार शुल्कमै शल्यक्रिया सम्पन्न भएको छ ।

वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा) मा रहेका बिरामीलाई भक्तपुर अस्पतालमा पठाइदिए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पतालको भनाइ छ । बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने भएको छ ।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने र काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ ।

ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चैत ११ गते भएको लकडाउनयता भक्तपुर अस्पतालले कुनै पनि बिरामी उपचार नपाई फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सर्जरी, बालरोग, दन्तरोग, छालारोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले २४सैं घण्टा आफ्नो फार्मेसीमा औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्थासमेत गर्दै आएको छ ।

कोभिड–१९ को महामारी फैलिएसँगै निजी अस्पतालले बिरामी भर्ना नलिने गरेपछि भक्तपुर अस्पतालमा बिरामीको चाप अत्यधिकरूपमा बढेको अस्पतालका मेसु डा. गौतमले बताए ।

स्वाब सङ्कलनदेखि कोभिड–१९ का बिरामीको समेत उपचार गर्दै आएको यो अस्पतालमा यतिखेर भक्तपुदेखि पूर्वका विभिन्न जिल्लाका बिरामीको उपचारको आधार केन्द्र बन्दै आएको छ ।

बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शैय्या भने निकै अभाव हुँदै आएको छ । शैय्या थप भएमा आएका बिरामीको अझै सहज उपचार गर्न सकिने उनको भनाइ छ ।

सरकारले कोरोना हब अस्पतालको रुपमा यसलाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू र कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ ।(रासस)

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top